४४ घार मौरी नष्ट गरिएको गाउँमा पुगे मन्त्री

Mauri

घोराही । प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एक साताअघि विषादी हाली ४४ घार मौरी नष्ट पारिएको स्थान घोराही १२ सिस्नेरी गाउँको अवलोकन गरे ।

अज्ञात व्यक्तिले विषादी हालिदिँदा निरास हुनुभएका मौरीपालक किसान विकास नेपाललाई भेट्दै उनले हतोत्साहित नहुन आग्रह गर्नाका साथै विषादी हाल्नेको खोजी गरी हदैसम्मको कारवाही गरिने बताए ।

व्यावसायिक रूपमा मौरीपालन गरिरहेको किसानको मौरी घारमा पटकपटक विषादी हाल्ने काम भएको सुन्नमा आएको भन्दै मन्त्री पौडेलले यस्ता कार्य गर्नेलाई जसरी भए पनि कारवाहीको दायरामा ल्याइने बताए ।

सिस्नेरीमा २० दिन पहिले मौरी चराउन लगेका चितवनका विकास नेपालको गत साता ४५० मध्ये ४४ घारमा विषादी हालिएको थियो ।

सोही स्थानमा नष्ट भएका मौरीको घार हेर्दै मन्त्री पौडेलले यस्ता गतिविधि गर्ने आपराधिक मानसिकताका व्यक्ति पहिचान गरी स्थानीय प्रशासनमार्फत कारवाही गरिने र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिने आश्वासनसमेत दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...