आजको विनिमय दर

Exchange rate

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार कतारी रियाल र दिनारको भाउ केही पैसाले बढेको छ । मलेसियन रिंगिट र दिर्हामको भाउ भने स्थिर छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रिदर २८ रुपैयाँ १८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २८ र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ०५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ९५ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...