भारतले गण्डक नहरको पानी थुनेपछि विद्युत उत्पादन ठप्प

Gandak

काठमाडौ‌ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ गुठी सुरजपुरामा रहेको गण्डक जल विद्युत केन्द्रबाट उत्पादन ठप्प भएको छ ।

भारतले गण्डक नहरमा पानी बन्द गरेपछि १५मेगावाट क्षमताको विद्युत् उत्पादन ठप्प भएको हो । भारत सरकारले नहर मर्मत र सरसफाईका लागि प्रत्येक वर्ष ४० दिनसम्म पानी रोक्ने गर्ने गरेको छ ।

अहिले २५ अक्टुबरदेखि भारतले नहरमा पानी बन्द गरेपछि उत्पादन हुन छाडेको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए ।

१५ मेगावाट क्षमता रहेको पावर हाउसबाट पछिल्लो समय चार मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । तीन वटा टर्वाइनमध्ये एउटा मात्रै सञ्चालनमा रहको छ । दुई वटा टर्वाइन बिग्रेपछि चार मेघावाट मात्रै विद्युत उत्पादन हुन थालेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...