शेयर बजार लगातार ओरोलो

Nepse

काठमाडौं । लगातार ओरोलो लाग्दै गरेको सेयर बजार सोमबार पनि दोहोरो अङ्कले घटेको छ ।

कारोवार मापक नेप्से परिसूचक १०.१४ बिन्दुले घटेर १ हजार २१७.३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.शून्य एक बिन्दुले घटेर २५८.९५ बिन्दुमा पुगेको छ । आइतबार पनि बजार १४.४३ बिन्दुले घटेको थियो ।

कारोवार रकममासमेत गिरावट आएको छ । कूल १६० कम्पनीको ९ लाख ८७ हजार ३२१ कित्ता शेयर २४ करोड ९१ लाख ९६ हजार २७० मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार बैंकिङ ८.६८, होटल ४।७६, विकास बैंक ११.९६, जलविद्युत् ११.०४, वित्त ३.०१, निर्जीवन बीमा ७६.६५, उत्पादन ११.०८, अन्य ७.२६, माइक्रोफाइनान्स ९.०२ र जीवन बीमा १७.०१ ले घटेको छ ।

आज रिडी हाइड्रो पावर कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी र साना किसान बैंकको लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रो पावर कम्पनी, पोखरा फाइनान्स लिमिटेड र एनआइबिएल प्रगति फण्ड र युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...