भीमदत्त नगरपालिकामा छली अनुससन्धान गरिने

Vimdatta napa

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले कर छली रोक्न सबै वडामा अनुसन्धान टोली परिचालन गरिने भएको छ ।

नगरपालिकामा करको दायरा बढाउन चालु आर्थिक वर्षमा अनुसन्धान टीम परिचालन गर्न लागिएको हो । त्यसैको प्रारम्भमा अहिले नगरपालिकामा करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।

भीनपाका नगर उप प्रमुख सुशिला चन्द सिंहको संयोजकत्वमा राजश्व परामर्श समिति नै गठन गरिएको छ ।

भीनपा वडा नं. १९ बागफाँटा सुरु गरिएको करदाता शिक्षा कार्यक्रम आधा दर्जन वडामा सकिएको छ । यो कार्यक्रम सबै वडामा गरिने छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले चालु आर्थिक वर्षलाई कर संकलन वर्ष घोषणा गरी नगर वासिन्दालाई सचेत गराउन करदाता शिक्षा कार्यक्रम सुरु गरिएको बताए ।

‘भीमदत्त नगरपालिकाले पहिलो वर्षलाई निर्वाचनको वर्ष भन्यो, दोस्रो वर्षलाई कर संकलन वर्ष घोषणा गरेका छौ’ नगर प्रमुख विष्टले भने,‘त्यसका लागि करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ, यसपछि कर छली अनुसन्धानका लागि टोली परिचालन गर्छौै ।’

राज्यको नयाँ संरचना अनुसार स्थानीय तहले विगतमा संघीय सरकारले संकलन गर्ने कर संकलनको अधिकार पाएको छ । स्थानीय तहलाई ढुङ्गा, गिट्टी, बालुवाको रोयल्टी कर र घर बहाल कर संकलन अधिकार दिइएको छ । यसैगरी नयाँ संविधानले कृषिसम्बन्धी सबै लगाउने अधिकार प्रदेश सरकारलाई दिएको छ ।

गत आर्थिक वर्षमा एकीकृत सम्पत्ति कर, व्यवसाय कर, पसल भाडा, नक्सापास, सवारी पार्किङ्ग, चार किल्ला, घर बाटो, सिफारिशबाट आन्तरिक आम्दानी संकलन गरिएको छ ।

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा १३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । चालु वर्षका लागि एक अर्ब १० करोड बजेट विनियोजन गरिएको छ ।

आन्तरिक राजश्वको लक्ष्य गत आर्थिक वर्षको तुलनामा तेब्बर बढी हो । गत वर्ष चार करोडको लक्ष्य राखिएकोमा ५ करोड संकलन गरिएको थियो ।

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले पहिलो नगर सभाबाट एक अर्बको बजेट विनियोजन गरेको थियो । त्यस अघि नगरपालिकामा २२ करोडसम्म बजेट विनियोजन गरिएको थियो ।

गत आर्थिक वर्षमा भीमदत्त नगरपालिकाका १९ ओटै वडाले ५६ लाख आम्दानी गरेका थिए । स्थानीय तहले पाएको नयाँ व्यवस्थाअनुसार गत वर्ष भीनपा वडा नं. ३, ७ र ९ बाट ३८ लाख रोयल्टी संकलन गरिएको छ । यसअघि तत्कालिन जिल्ला विकास समितिले रोयल्टी संकलन गर्दै आएका थिए ।

भीमदत्तले चालु आर्थिक वर्षका लागि आर्थिक ऐनमा करका दर निर्धारण गरिएको छ । भीमदत्तले एकीकृत सम्पत्ति करबाट सबैभन्दा बढी आन्तरिक आम्दानी संकलन गर्दै आएको छ ।

भीनपा वडा नं. ८ तिलाचौरका स्थानीय खगेश्वर केसीले एकीकृत सम्पत्ति कर व्यवहारिक बनाउन पर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...