आज शेयर बजार दोहोरो अंकले घट्यो

Nepse

काठमाडौं । आइतबार धितोपत्र बजारमा शेयरको मूल्यमा दोहोरो अंकले घटेको छ ।

कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४.७३ विन्दुले झरेर १ हजार २२६.३८ विन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा १.१९ विन्दुले बजार ओरोलो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.२३ विन्दुले आरोलो लागेर २६०.७८ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम भने सामान्य अवस्थामा नै छ । कूल १६० कम्पनीको ११ लाख ९७ हजार १०६ कित्ता शेयर ३२ करोड ६४ लाख ८३ हजार ६७३ मूल्यमा खरीद बिक्री भएको छ ।

बैंकिङ १६.८१, होटल १५.१, विकास बैंक १०.६, जलविद्युत ९.७५, वित्त ६.५, निर्जीवन बीमा ७९.७३, उत्पादन ३.७२, अन्य २.३७, माइक्रोफाइनान्स १.९७ र जीवन बीमा ५४.११ बिन्दुले ओरालो लागेको छ ।

स्टककाअनुसार ओरालो लागेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, रैराङ जलविद्युत कम्पनीका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड फाइनान्स कम्पनी र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...