क्षेत्रीय कारागारमा कैदी - बन्दीको मृत्यु

Deathhh

सुनसरी । झुम्कामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदी–बन्दीको ज्यान गएको छ ।

जिल्ला प्रहरीका अनुसार ज्यान गुमाउनेमा उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरी रहेका छन् । कारागार प्रशासनका अनुसार मृतक चौधरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

उनी मुटुसम्बन्धी रोगबाट पीडित रहेकोमा उनलाई उपचारनिम्ति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । तर, उनको उपचारक्रममा ज्यान गएको जिल्ला प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस