ओछ्यानमै आगलागी, दुई जनाको मृत्यु

Aaglagi 400x220

दोलखा । गौरीशंकर गाउँपालिकामा शुक्रबार बिहान आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

अगेना नजिकै रहेको ओछ्यानमा आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मृत्यु हुनेमा ८० वर्षीया डाल्की शेर्पा र १२ वर्षीय मिग्मा शेर्पा रहेका छन् । आगलागीबाट गोपाल शेर्पाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट ८ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिकृया दिनुहोस