प्रदेश सदस्य तोक्ने जिम्मा पौडेल र थापालाई

Nekapa baitha

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने जिम्मा दुई जनालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको पार्टीे सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिएको छ ।

निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीको सदस्य चयन र केन्द्रीय सदस्यको कार्य विभाजनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ । यसअघि नै सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरिसकेको छ ।

प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्ध सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्यदल नै गठन गरेको हो ।

प्रतिकृया दिनुहोस