आकासियो सुनको मुल्य, पुग्यो तोलाको ६० हजार ४ सय

Sun ko mulya badhyo

काठमाडौं । पछिल्लो समयमा सुनको मुल्यमा भारी वृद्धि भएको छ । विहीबार सुनको भाउ प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको हो । यो पछिल्लो ६ वर्षकै सबैभन्दा बढी मुल्य हो ।

गत असोज २६ मा सुनको मूल्य नेपाली बजारमा ६० हजार थियो । त्यसपछि सुनको मूल्य बढिरहेको छ । यसअघि नेपाली बजारमा २०६९ भदौमा सुनको भाउ कीर्तिमानी उचाईमा पुगेको व्यवसायीको भनाई छ ।

तर, सुनको मूल्य उचाईमा पुगेसँगै गहन पसलमा ग्राहकको आकर्षण घटेको छ । सुनको मूल्य आकासिँदा खरिद गर्नेको संख्या पनि घटेको छ । निरन्तर भाउ बढेपछि सुन किन्न तम्तयार ग्राहक पनि हच्किन थालेका छन् ।

बुधबार भन्दा ३ सय रुपैयाँले उकालो लाग्दै छापावाल सुन बिहीबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको छ । तेजाबी सुनको भाउ पनि बिहीबार उकालो लागेको छ । तेजाबी सुनको भाउ बिहीबार ६० हजार १ सय रूपैयाँ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकन डलर मजबुत बन्दै गएपछि सुनको भाउ पनि निरन्तर बढेको बताए ।

प्रतिकृया दिनुहोस