निर्मला पन्त हत्या प्रकरण : ९५ दिनमा स्पष्टीकरणका दुई पत्रको थमौती बन्यो उपलब्धी

Nirmala hatya prakarna

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९६ दिन भइसकेको छ । यो अवधीमा पटकपटक छानविन समिति बन्यो । तर, अहिलेसम्म सरकारले निर्मलाको बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

यत्तिका लामो समय हुँदा सरकारको उपलब्धी भनेको छानविन प्रक्रियामा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टले लापरवाही गरेको निष्कर्ष निकाल्नु मात्रै बनेको छ ।

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा कारबाही भोगिरेहका एसपी विष्ट बुधबार र इन्स्पेक्टर भट्टले मंगलबार गृह मन्त्रालयमा स्पष्टीकरण बुझाए ।

गृहले उनीहरूलाई आइतबार स्पष्टीकरण सोधेको थियो । उनीहरूलाई सेवाबाट हटाउने तयारीस्वरूप स्पष्टीकरण सोधिएको थियो । उनीहरुलाई बुधबार नै दोस्रो स्पष्टीकरण पनि सोधिएको छ ।

विष्टले बुधबार बुझाएको स्पष्टीकरणमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयका कुनै पनि प्रमाण आफुले नष्ट नगरेको, लापरवाही पनि नगरेको र कुनै मनसाय पनि नभएको उल्लेख गरेका छन् ।

हाल उनीहरुमाथि अनुसन्धानमा चरम लापरबाही गरेको तथा पदीय जिम्मेवारी बहन गर्न नसकेको आरोप लागेको छ । पन्तको हत्यापछि सो घटनामा उनीहरुकै संलग्नता रहेको आरोप लगाइएको थियो । तर, छानविन समितिले अभियुक्तलाई संरक्षण गरेको भने नदेखिएको उल्लेख गरेको छ ।

यी हुन अनुसन्धानमा खटिएका अधिकारीहरु
समय बित्दै जादा अनेकन प्रश्नहरु तेर्सिन थालेका छन् । निर्मला पन्तको बलात्कार पछि हत्या भएको खवर पाएपछि घटनासथलमा को को थिए अनुसन्धानमा गएका थिए प्रहरीहरु ? उनीहरु कत्तिको दक्ष हुन् ? आदी विषय पनि छानविनको विषय बन्दै गएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको भनिएको घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेट्टी, जिल्ला र वडा प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश भट्ट र एकेन्द्र खड्का, सईहरु रामसिंह धामी, अरसिंह धामी, वासुदेव वस्ती र देवबहादुर कुँवरसहितको टोली घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमै थिइन् प्रहरी जवान चाँदनी साउँथ पनि । उनी अपराध अनुसन्धानमा तालिम प्राप्त जवान पनि हुन् । तर, उनैले निर्मलाले लगाएको रातो सुरुवाल पानीमा चोवलेर निर्मलाको संवेशनशील अंग छोपिदिएकी थिइन् ।

उनले तस्वीर लिने र अन्य सबै प्रक्रिया सकिएपछि मात्रै लाज ढाक्न आफुले निर्मलाको अंग (यौनांग) छोपेको बताएकी छन् । तर, उनले आफुले कुनै नराम्रो मनसायले त्यसो नगरेको बताउँदै आएकी छन् ।

अहिले सबैले सो घटनामा निर्मलाको सुरुवाल धुनुलाई सबै प्रमाण नष्टको आरोप लगाउँदै आएका छन् ।

तर, निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९५ दिन पुग्दा पनि सरकारले दुई जनालाई स्पष्टीकरण सोध्ने काम बाहेक अरु उलब्धी हात पार्न सकेको छैन । स्पष्टीकरण सोधर यी दुई जनालाई बर्खास्त गर्नुलार्य नै सरकारले मुख्य उपलब्धी ठानेको छ ।

तर, जनताले भने निर्मला पन्तको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् । र गरिरहेका छन् । तर, यही अवस्था मात्र रहिररहने हो भने घटनामा मुख्य दोशी पत्ता लाग्ला या नलाग्ला ? यो चासोको विषय मात्रै बन्ने अवस्था छ ।

 

 

प्रतिकृया दिनुहोस