भीमदत्त नगरपालिकामा करदाता शिक्षा कार्यक्रम सुरु

Kardata sikshya

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा ‘हाम्रो नगर, हाम्रै कर, समृद्ध बनाउने हाम्रै रहर’ भन्ने नारासहित करदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।

नगरका वासिन्दालाई करसम्बन्धी सचेतना जगाउन भीमदत्त नगरपालिका वडा नं. १९ बाट कार्यक्रम सुरु गरेको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बागफाँटास्थित पञ्चकृत माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा करदाता शिक्षा कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरे ।

भीनपाले चालु आर्थिक वर्षमा १२ करोड २७ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५ करोड आन्तरिक राजश्व संकलन गरिएको थियो । भीनपामा चालु आर्थिक वर्षका लागि १ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ ।

भीनपाले चालु आर्थिक वर्षमा १२ करोड २७ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५ करोड आन्तरिक राजश्व संकलन गरिएको थियो । भीनपामा चालु आर्थिक वर्षका लागि १ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख विष्टले कर संकलनलाई प्रविधिमैत्री, चुस्त र दुरुस्त बनाउन आन्तरिक सुधार र व्यवस्थापन गरिने बताए । नगर प्रमुख विष्टले कर संकलनलाई प्रविधिमैत्री, चुस्त र दुरुस्त बनाउन आन्तरिक सुधार र व्यवस्थापन गरिने बताए ।

कार्यक्रममा नगर प्रमुख राजश्व परामर्श समितिका संयोजक सुशिला चन्दले नगरपालिकाका सबै वडामा करदाता शिक्षा कार्यक्रमअन्तर्गत अभिमुखीकरण कार्यक्रम गरिने जानकारी दिइन् ।

कार्यक्रममा भीनपा वडा नं. १९ का अध्यक्ष दामोदर महरा, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतले आ–आफ्नो धारणा राखेका थिए भने भीमदत्त नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरि सिंह धामी, आन्तरिक लेखा परीक्षण अधिकृत केशवदत्त भट्ट कार्यक्रम सहजीकरण गरेका थिए ।

कार्यक्रममा राजश्व परामर्श समितिका सदस्य हिमालबहादुर चन्द, वडा जनप्रतिनिधि, स्थानीय लगायतका सहभागी भएका छन् ।

यसैगरी भीमदत्त नगरपालिका वडा नं. २ मा बुधबार करदाता शिक्षा कार्यक्रमअन्तर्गत अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा अध्यक्ष डम्मरसिंह कार्कीको अध्यक्षतामा गरिएको हो ।

प्रतिकृया दिनुहोस