जनकपुर पुगेका प्रचण्डले मुख्यमन्त्रीलाई भने, ‘मुख्यमन्त्रीज्यू, तपार्इँ ओभरटेक नगर्नुस्

Prachanda janakpur

धनुषा । प्रदेश नं. २ मा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री राउतलाई ओभरटेक नगर्न चेतावनी दिएका छन् ।

‘मुख्यमन्त्रीज्यू, तपार्इँ ओभरटेक गर्न चाहनुभयो भने दुर्घटनाको खतरा हुन्छ’ प्रचण्डले भने, ‘म तपार्इँको मागप्रति गम्भीर छु । संवेदनशील छु । तर ओभरटेक नगर्नुस् ।’

प्रचण्डले केही दिनअघि प्रदेश २ सरकारले संघीय सरकारलाई उछिन्ने गरी ल्याएको प्रदेश प्रहरी ऐन र मुख्यमन्त्रीको भनाईप्रति निक्कै ठूलो आपत्ति जनाए ।

नेकपा प्रदेश २ ले जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान र प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा प्रचण्डले भने, ‘समानुपातिक समावेशीलाई स्थापित गर्ने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ, म मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु ।’

सो कार्यक्रममा मुख्यमन्त्री राउतले सम्बोधनको क्रममा प्रदेश २ सरकारलाई संघीय सरकारले असहयोग गरिरहेकाले करारमै भए पनि ५ हजार कर्मचारी भर्ना गर्न करार भर्ना कर्मचारी ऐन पास गर्ने चेतावनी दिएका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रम भनिएको भए पनि सो कार्यक्रममा प्रचण्ड र मुख्यमन्त्री राउतबीच निक्कै घोचपेच भएको थियो । मुख्यमन्त्री राउतले संघीय सरकारले आफुले भनेको मान्नुपर्ने जिकिर गर्दा प्रचण्डले विखण्डनको बाटो रोजे कसैलाई सह्य नहुने चेतावनी गरेका थिए ।

‘राष्ट्रिय एकताले मात्र मधेशी जनताको समृद्धि, विकास, सम्मान, अधिकार र पहिचान स्थापित हुने भन्दै प्रचण्डले विखण्ड र अतिवादले देश बर्बाद मात्र हुन्छ’ प्रचण्डले भने, ‘दुर्घटना हुने गरी अगाडि नबढौं, दुर्घटना हुने गरी अगाडि बढ्नु बुद्धिमता होइन, मुर्खता हो ।’

प्रचण्डले संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेको दावी गर्दै समयअनुकुल मधेशी जनताको माग बमोजिम संविधान संशोधन गरेर विकास र समृद्धिको दिशातर्फ देशलाई अगाडि बढाउने कुरामा जोड दिए ।

सो कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले मुख्यमन्त्री राउतलाई इंगित गर्दै संघीय सरकारलाई गाली गर्नुभन्दा विकास र समृद्धिका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए । संघीय सरकार र प्रदेश सरकार एकअर्काको शत्रु नभई मित्रवत व्यवहार गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमलाई नेकपाका प्रदेश २ का इन्चार्ज तथा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवलगायतले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...