४ घण्टाका लागि खुल्यो कृष्णनगरमा कर्फ्यु

Krishna nagar kapilbastu

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लागको अनिश्चितकालिन कर्फ्यु बिहान् ८ बजेदेखि ४ घण्टाका लागि हटेको छ ।

दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच पटकपटक झडप भएपछि जिल्ला प्रशाषन कार्यलयले आइतबार ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

सोमबार स्थिती सामान्य बन्न थालेपछि बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्मका लागि कर्फ्यु स्थगन गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश आर्यालले बताए । उनले अवस्था हेरेर पुनः कर्फ्यु लगाउन सकिने बताए । उनले कर्फ्यु मात्रै समस्याको समाधान नभएकाले कर्फ्युको समय छोटो पारिएको बताए ।

दुर्गा भवानीको मुर्ति सेलाउने विषयमा शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।

जिल्ला प्रशाषन कार्यालयले आइतबार आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...