के पर्लान् त एसपी डिल्लीराज विष्ट बर्खास्तीमा ?

Nirmala panta 5

काठमाडौं । कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा प्रमाण नस्ट गरेको आरोप लागेका तत्कालीन कन्चनपुर प्रहरी प्रमुख तथा एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले बर्खास्त गर्ने तयारी गरेको छ ।

गत साउन १० मा साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाउन लागेको हो ।

मन्त्रालयले बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्तअनुसार सो प्रकरणमा किन कारबाही नगर्ने भनि स्पष्टिकरण सोध्न लागेको छ । आफ्नो स्पष्टिकरणमा चित्त नबुझ्दो लागेर गृहले जतिवेला पनि बर्खास्त गर्न सक्छ ।

एसपी विष्टसँगै प्रहरी निरीक्षक जगदीश भट्टराईलाई पनि स्पष्टिकरण सोध्ने तयारी गरेको छ । गृह मन्त्रालयले एसपी विष्ट र प्रनि भट्टराईलाई बर्खास्तसम्म गर्नेगरी कारबाही थालेको छ ।

सो घटनाको छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक विष्टलाई निष्कासनको सिफारिस गरेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए ।

अनुसन्धानको नियमित प्रक्रिया अन्तर्गत नै तत्कालीन अवस्थामा कमान्डमा रहेका व्यक्तिलाई किन जिम्मेवारी निर्वाह भएन भनेर सोध्न लागिएको हो । उनीहरु उक्त घटनामा संलग्न हुन् वा होइनन् तथ्य, तर्क र नियतको परीक्षण हुने छ ।

बर्खास्तगीको प्रक्रियाबारे उनले सहसचिवहरुको टिमसँग छलफल गरेका थिए । स्पष्टिकरण नसोध्दा अदालतबाट अन्तरिम आदेश लिएर पुन फर्कने सम्भावना हुने भएकाले यस्तो प्रक्रिया अवलम्वन गर्न लागिएको हो ।

प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्मको बर्खास्तगीको अधिकार गृहसचिवमा निहीत हुन्छ । प्रहरी महानिरीक्षकले हस्ताक्षर गरेको कारबाही सिफारिस पत्रअनुसार गृहसचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टिकरण सोध्न सक्छन् ।

बर्खास्त गर्ने कार्यका लागि गृहसचिवको अध्यक्षतामा समिति गठन हुन सक्छ। सबै प्रक्रिया पूरा हुन ३ देखि ७ दिनसम्म लाग्नसक्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...