चालक निदाउँदा नवलपरासीमा बस दुर्घटना, ५ जनाकै सनाखत

Accident

कावासोती । नवलपरासीको अरुण खोलामा बस दुर्घटनामा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ । 

इटहरीबाट भैरहवातर्फ गइरहेको लु १ ख ८४५४ नम्बरको बसका चालक निदाउँदा आज बिहान मध्यबिन्दु नगरपालिका १ अरुणखोलामा दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको हस्तीचौर घर भइ नेपाली सेनामा कार्यरत ३५ वर्षीय तिलक बिष्ट, मोरङ सुन्दरपुरका २७ वर्षीय सोहन कार्कि, भोजपुरका २७ वर्षीय रामजित राई, जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सरी र भारत बिहारका बिद्यानन्द यादव छन् ।

सो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मृत्यु हुने सबै दसैं मानेर फर्किदै गरेका थिए । क्षमता भन्दा बढी यात्रु राखेका कारण बस अनियंत्रित भएर सडकबाट पल्टिएको प्रहरीको भनाइ छ । 

प्रतिकृया दिनुहोस