चावहिलमा भेटियो एक हजारको २९ वटा नक्कली नोट

Nakali hajar note

काठमाडौं । चाडपर्वका बेला नक्कली नोट फेला पर्नु कुनै नौलो होइन । तर, शनिबार भने काठमाडौंको चाबहिल चोकमा एक हजार दरका नक्कली नोट भेटिएपछी चाडपर्वका बेला नक्कली नोटको बिगबिगी हुने पुष्टि भएको छ ।

प्रहरीले शनिबार राजधानीको चाबहिल चोकमा सवारीसाधन चेक गर्ने क्रममा एक स्कुटीबाट एक हजारका २९ वटा नक्कली नोट फेला पारेको छ ।

नक्कली नोट फेला पारेपछि स्कुटी चालक काठमाडौंको कागेस्वरी मनहरा  ११ का शाहिल थापा र सोही स्कुटीमा सवार बिकास दोक्छे महर्जनलाई पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँच गर्दा बा ४५ प ८०६६ नम्बरको स्कुटीमा त्यति ठूलो परिणामको नक्कली नोट फेला पारेको थियो । 

नक्कली नोटसहित पक्राउ परेका दुबै जनालाई महानगरीय प्रहरी बृत्त गौशालाले बिस्तृत अध्ययन थालेको छ ।

प्रतिकृया दिनुहोस