आज शेयर बजारमा गिरावट

Nepse

काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक हजार २४१ दशमलब ६४ विन्दुले बढेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलब४५ विन्दुले घटेर २६४ दशमलब १० विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १५२ कम्पनीको १४ लाख ६४ हजार ८९४ बित्त शेयर रु ३३ करोड ५८ लाख ६५ हजार ५२३ मूल्यमा खरिदबिक्री भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा बढी हो ।

स्टकका अनुसार कारोवार भएका विभिन्न दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ । होटल ५ दशमलब ४२, वित्त ३ दशमलब ३५, निर्जीवन बीमा १२ दशमलब ३५, उत्पादन २४ दशमलब ३३, जीवन बीमा २ दशमलब ६४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै बैंकिङ शून्य दशमलब ४६, विकास बैंक ५ दशमलब ३२, जलविद्युत् पाँच दशमलब ९७, अन्य ४ दशमलब ३६ र माइक्रोफाइनान्स शून्य दशमलब ६ प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...