समितिले फेरि भन्यो चिनी ६३ रुपैयाँमै बेच

Sugar 25

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिलेबजारमा चिनीको मुल्य घटाउन फेरि निर्देशन दिएको छ ।

विहीबार बसेको समितिको चिनीको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ नै कायम गर्न सरकारलाई निर्देशन दिएको हो । उपसमितिको प्रतिवेदनका आधारमा सरकारलाई चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ नै कायम गरी कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाहरुले प्रतिवद्धता जाहेर गरे अनुसार चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ कायम भएको भन्दै समितिले त्यही निर्णयलाई कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन गरेको हो ।

समितिले अस्वभाविक मुल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेको छ । वैठकमा समिति सदस्यहरुले चिनीको मूल्य व्यापारीले ९० रुपैयाँ वा एक सय रुपैयाँ लिए भने के गर्ने भन्दै प्रश्न गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...