मेगा बैंकले दक्षिण कोरियाबाट पनि सुरु गर्यो ‘मेगा रेमिट’ सेवा

Mega bank

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको छ । सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ ।

शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको छ र यो खाता अनलाइन मार्फत कुनै पनि ठाँउबाट खोल्न सकिने छ । यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ ।

विदेशमा रहेका नेपालीका परिवारहरुलाई पनि आर्थिक सम्वृद्धिका विभिन्न सुविधाह? बैंकले प्रदान गर्नेछ । नेपालमा बसेका सदस्यलाई लघुवित्त कर्जा, उपभोक्ता कर्जा, व्यापार व्यवसाय गर्नका लागि साना तथा मझौला कर्जामा विषेश छुटका साथै बैंकिङ्ग सुविधाहरुको परामर्श प्रदान गरी छिटो र छरितो कर्जा उपलब्ध गराउने बैंंकले जानकारी दिएको छ ।

विदेशमा रहेका नेपालीहरुलाई सहज र सरल होस् भनी मेगा बैंकले आफ्नो प्रतिनिधी दक्षिण कोरियामा पठाइसकेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस