शेयर बजारमा सामान्य अंकले गिरावट

Nepse

काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्य सामान्य अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.५९ बिन्दुले घटेर १ हजार २१७.९३ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममासमेत गिरावट आएको स्टकले जनाएको छ ।

कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ ।

अन्य समूह ११.६९ बिन्दुले बढ्दा ९ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.८९, होटल २१.४३, विकास बैंक १.३८, जलविद्युत् १२.८२, वित्त १.१, निर्जीवन बीमा ३७.६४, उत्पादन ११.८३, माइक्रोफाइनान्स ७.६२ र जीवन बीमा १८.६३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, इलोबल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका शेयरधनीले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिकृया दिनुहोस