महंगो भयो दशैं, भान्सा चलाउनै मुश्किल

Pasal

काठमाडौं । चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ ।

सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।

खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ ।

इन्धन मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ ।

दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सर्वसाधारण मारमा परेका छन् ।

केह्ी दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको समाचार आजको नागरिक दैनिकमा छ ।

सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको छ । सर्वसाधारणका लागि महंगीले भान्सा चलाउनै मुस्किल हुन थालेको छ ।

उपभोक्ता अधिकारकर्मी भने सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा उपभोक्ता ठगिएको बताउँछन् ।

प्रतिकृया दिनुहोस