पर्यटकको संख्यामा वृद्धि

Paryatak

भैरहवा । रुपन्देहीको बेलहिया नाका हुँदै नेपालम आउने पर्यटकको संख्या वृद्धि भएको छ ।
गत वर्षभन्दा यसवर्ष स्थलमार्गी पर्यटकको संख्यामा वृद्धि भएको हो ।

रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०१८ को सेप्टेम्बर २५ सम्ममा १ लाख ३ हजार ९ सय २० जना विभिन्न देशका पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ ।यो संख्या सन् २०१७ को यही अवधिभन्दा ८ हजार ७७ ले बढी हो ।

गतवर्ष यो नाका हुँदै ९५ हजार ८ सय ४३ पर्यटक नेपाल आएको अध्यागमन कार्यालयका प्रमुख गिरीराज खनालले बताए ।

बेलहियाबाट नेपाल आउने पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी रहेको छ ।
अधिकांश पर्यटक लुम्बिनीपछि पोखरा, चितवन, मनाङ, मुस्ताङ र काठमाडौंसम्म पुग्ने गरेका छन् ।

कतिपय लुम्बिनी र पोखरा घुमेर स्वदेश फिर्ता हुने गर्छन् । लुम्बिनी आएकामध्ये १० प्रतिशत पर्यटकले मात्र यहाँ रात बिताउँछन् ।

प्रतिकृया दिनुहोस