आज शेयर दोहोरो अङ्कले घट्यो

Nepse

काठमाडौं । शेयरको मूल्य सोमबार पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर १८ दशमलव ०४ बिन्दुले घटेर १ हजार २ सय ३८ दशमलव ६७ पुगेको छ । मूल्य आइतबार जस्तै सोमबार पनि बजार दोहोरो मूल्यले घटेको हो ।

‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव २९ बिन्दुले घटेर २ सय ६२ दशमलव ८० पुगेको छ । कारोबार समेत घटेको स्टकले जनाएको छ । सोमबार कूल १ सय ६५ कम्पनीको १७ लाख ६१ हजार ८ सय १७ कित्ता शेयर ५३ करोड ९६ लाख ३ हजार ९ सय ३५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

उत्पादन उपसमूहको शेयर मूल्यमा वृद्धि भएपनि अन्य शेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६ दशमलव ८ बिन्दुले बढ्दा व्यापार समूहको भने कुनै पनि शेयर कारोबार भएन ।

बैङ्किङ १९दशमलव ८५, होटल १८ दशमलव २६, विकास बैङ्क २९ दशमलव ७३, जलविद्युत् ८ दशमलव ९१, वित्त १ दशमलव ५९, निर्जीवन बीमा ७१ दशमलव ७३, अन्य ६ दशमलव ४, माइक्रोफाइनान्स १८ दशमलव ७२ र जीवन बीमा ७८दशमलव ५६ बिन्दुले घटेको छ ।

प्रतिकृया दिनुहोस