राजस्व संकलनको लक्ष्य आठ अर्ब

Rajbiraj

कपिलवस्तु । कपिलबस्तुको कृष्णनगर भन्सार कार्यालयले आर्थिक बर्ष ०७५र०७६ मा आठ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको जनाएको छ ।

आर्थिक बर्ष ०७४र०७५ को लक्ष्य ४ अर्ब १३ करोड राजश्व असुली रहेकोमा १ सय ५२ प्रतिशत बृद्धि भई ६ अर्ब ३१ करोड रुपैयाँ असुली भएको जनाइएको छ ।

गत बर्ष संकलन भएको राजश्वमा थप ३३ प्रतिशतले बृद्धि गरी यस आर्थिक बर्षको लक्ष्य ८ अर्ब ७ करोड रुपैयाँ रहेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

आर्थिक वर्षको सुरुका दुई महिनामा लक्ष्य अनुसार राजस्व असुली हुन नसकेको खड्काले बताए । साउन र भदौ महिनाको राजश्व असुलको अनुपातले बार्षिक लक्ष्य अनुसार राजश्व असुली कम भएको छ ।

 

प्रतिकृया दिनुहोस