भ्रष्टाचारको मुद्दा लाग्ने भएपछि राजीनामा, सफाइ पाएपछि फिर्ता

Tourism bord

राजीनामा दिएर स्वीकृत भएको ४ वर्षपछि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बराललाई पुनः जागिरमा फर्काइएको तथ्य खुलेको छ ।

बरालले २०७१ चैत १५ गते बोर्डका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापालाई बुझाएको पत्रमा २०७२ वैशाख १४ गतेदेखि लागू हुनेगरी राजीनामा गरिएको उल्लेख छ ।

राजीनामा दिएको भोलिपल्टै अर्थात् २०७१ चैत १६ गते नै थापाले बरालको राजीनामा स्वीकृत गरेकी थिइन् । तर, राजीनामा स्वीकृत भएको ४ वर्षपछि बराल पुरानै काममा फर्किए भने बोर्डले पनि उनलाई ससम्मान पुनर्वहाल गरेको छ ।

बोर्डका तत्कालिन कामु सीईओ सुवास निरौलासहित वरिष्ठ निर्देशक अदित्य बराल र अन्य २ दर्जन कर्मचारीविरुद्ध अनियमितता गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।

आफूलाई मुद्दा लाग्ने पूर्व जानकारी अख्तियारबाटै पाएपछि निर्देशक बरालले चैत १५ गते नै राजीनामा दिएको र हतारमै स्वीकृत भएको पाइन्छ ।

आफ्नै समकक्षी नन्दिनी लाहे थापा कामु सीईओ भएकाले उनको राजीनामा स्वीकृत हुने लामो समय लागेको पाइँदैन ।

गत फागुन १० गते नेपाल पर्यटन बोर्डको मुद्दामा फैसला गर्दै २३ मध्ये तीन जनालाई मात्रै दोषी ठहर गर्दै २० जनालाई सफाइ दियो ।

प्रतिकृया दिनुहोस