नेप्से परिसूचक लाग्यो १० अंकले ओरालो

Laaaa

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १० अंकले झरेको छ ।

आइतबार कारोबारपछि नेप्से १२५६ अंकमा कायम भएको छ । १६७ कम्पनीको ५८ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भयो भने बजारको पुँजीकरण १४ खर्ब ९६ अर्ब कायम भएको छ ।
व्यापार १ अंकले बढे पनि अरुसबै समूह ओर्लिएका छन् ।

बैंकिङ ९, होटल ३५, विकास बैंक २२, जलविद्युत १, फाइनान्स ३, निर्जीवन बीमा समूह ५८, उत्पादन ३५, अन्य ५, माइक्रोफाइनान्स १५ र जीवन बीमा समूह १९ अंकले ओर्लिएको छ ।
कारोबारका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रएको छ । सो कम्पनीको ६ करोड ४९ लाखको कारोबार हुँदा दोस्रोमा रहेको सोल्टी होटलको ५ करोड तथा एनआइसी एसिया बैंकको ३ करोड १६ लाखको कारोबार भयो ।

साल्ट ट्रेडिङ तथा बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशत मूल्य कमाए । महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतले गुमाएका छन् ।
आरएसडिसी लघुवित्तले ५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांश दिने भएको छ। युनिलिभरको कात्तिक ६ गते वार्षिक साधारणसभा बैठक बस्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...