लुटपाटमा संलग्न एक भारतीय नागरिकसहित ७ जना पक्राउ

Pagal haru

काठमाडौं । सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित ७ जनालाई पक्राउ गरिएको छ ।

सिरहा प्रहरीले पक्राउउ परेका सातै जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना-२ का २७ वर्षिय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका-१ का २० वर्षिय नरेशकुमार ठाकुर, १९ वर्षिय रवीन्द्र ठाकुर, ठाडी झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका-६ हतमुण्डाका १९ वर्षिय रमेशकुमार महतो, कमला नगरपालिका-८ हरिणे का २७ वर्षिय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका-१ पुर्वारी टोलका २२ वर्षिय चन्द्रशेखर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

भदौ २८ गते सिरहाको अर्नामा गाउँपालिकाबाट किस्ता रकम संकलन गरी सदरमुकाम सिरहातर्फ आउँदै गरेका बेला सिरहा नगरपालिका-२२ सागरपुर नजिकै मैनावती नदी नजिकै सिर्जना सामुदायिक सहकारी संस्थाका दुई कर्मचारीलाई हतियार देखाएर यी अभियुक्तहरुले उनीहरूसँग भएको ३ लाख ९३ हजारसहित मोटरसाइकल लुटेर लगेका थिए ।

उनीहरूको साथबाट ‘मेड इन युसए एन ७१०’ लेखिएको पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल एक थान, म्यागजिन एक थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाइल एक थान, नेपाली ६ हजार १५० , विभिन्न कम्पनीको सिमकार्ड ५, चन्द्रशेखर यादवको भारतीय सवारी चालक अनुमतिपत्र, लुटिएको नेपाली नम्बरप्लेटसहिको बी आ र ३२ ए ९३७३ नं को मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस