खोलाले बगाएर एक जनाको मृत्यु

Khola

उदयपुर । उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा शुक्रबार स्थानीय वैद्यनाथ खोलामा नुहाउने क्रममा खोलाले बगाएर एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी–६ का ३७ वर्षीय शेरबहादुर कार्कीको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो नुहाउनका लागि खोलामा पसेका कार्कीलाई खोलाले २०० मिटरभन्दा तलसम्म बगाएका कारण कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस