कावासोतीमा दुर्घटना हुँदा २ जनाको मृत्यु, ३२ जना घाइते

Accide

नवलपरासी । नवलपरासीको कावासोती –१६, मा शनिबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँँदा २ को मृत्यु भएको छ । सो दुर्घटनामा परी ३२ जना घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था चिन्ताजनक छ ।

नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना७ख ५६२९ नं.को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं. को ट्रकसँग बिहान साँढे ३ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र बर्दिया वाणगंगा गाउँपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

घाइतेहरुको विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस