सडक भत्काएका कारण मेलम्ची आयोजनालाई ९० करोड जरिवाना

Melamchi

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सडक विभागलाई ९० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

आयोजना निर्माणका क्रममा पाइप बिछ्याउँदा ठाउँ–ठाउँमा सडक भत्किएकाले क्षतिपूर्तिबापत ठूलो रकम बुझाउनुपर्ने भएको हो ।

विभागलाई ३० करोड रुपैयाँ भुक्तानी दिइसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

बाँकी रहेको भुक्तानी पनि दिने प्रक्रियामा रहेको निर्देशनालयका प्रवक्ता दिवाकरप्रसाद ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...