आज शेयरमा बजार सुधार, नेप्से २२ अंकले बढ्यो

Nepsay hight

काठमाडौं । बाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण केन्द्रित हुँदा एकैदिन अर्वभन्दा बढीको शेयर कारोबार भएको छ ।

लामो समयपछि उछाल देखिएको नेपाल स्टक एक्सचेन्ज९नेप्से०को कारोबारमा रकम र परिसूचक दुवैमा उच्च बृद्धि आएको छ ।

मंगलबार नेप्से परिसूचक २२.३७ अंकले बढे १२सय ८०.०५ कायम भएको छ । कुल कारोबार पनि १ अर्व १२ करोड १२ लाख ७७ हजार ३१५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज १७३ कम्पनीका ४४ लाख १७ हजार २३० कित्ता शेयर किनबेच भएका छन् । समूहगत कारोबारमा अन्यबाहेक सबै समूहका सूचकमा उच्च बृद्धि भएको छ ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ६४।६५ अंकले बढेको छ भने मूख्य समूह बैंकिङ समूह २९.५२ अंकले बढेको छ । विकास बैंकको सूचक ३७.८२ अंकले बढेको छ ।

उच्च कारोबार हुने सबै कम्पनी बाणिज्य बैंकहरु रहेका छन् । सबैभन्दा धेरै प्रभू बैंकको ८ करोड ५६ लाख ४४ हजार ५३३ रुपैयाँको कारोबार भएको छ भने एनआईसी एसियाको ६ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । इन्भेष्टमेन्ट बैंकको ५ करोड ४९ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...