‘बरु गोलभेंडा बेच्न गाह्रो छ, अरिंगाल सजिलै बिक्री हुन्छ’

Larva

काठमाडौ‌ । प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, भनेर निर्देशन दिएपछि यतिबेला जताततै अरिंगालको चर्चा छ । तर, गोरखामा भने चिल्ने र आक्रामाक होइन, स्वादिलो अरिंगालको चर्चा छ ।

अहिले प्रतिमाना एक हजार पाँच सय रुपैयाँ अर्थात् प्लेटको पाँच सयसम्म लिएर होटल रेस्टुरेन्टहरुले अरिंगाल व्यापार गरिरहेका छन्। व्यापार यतिसम्म बढेको छ कि भनेको जति अरिंगाल खान पनि पाइँदैन।

प्रधानमन्त्रीको वक्तव्यपछि एकाएक चर्चा पाएको अरिंगालको गोरखा र आसपासमा भने साउन लाग्दादेखि नै व्यापार चुलिइसकेको थियो, चर्चा बढिसकेको थियो।

हिजोआज त अभाव हुन थालेको छ । निकै ‘टेस्टी’ मनेर अरिंगाल खाने यहाँ ठूलै जमात छन्। लार्भाको व्यापार ह्वातै बढेको छ । तनहुँको आँबुखैरेनी, नयाँ पुल, पृथ्वी राजमार्गछेउछाउका केही रेस्टुरेन्ट, मनकामना, गोरखा सदरमुकामआसपासमा अहिले अरिंगाल खोज्ने ग्राहक बाक्लै भेटिन्छन् ।

अरिंगालको गोलो पोल्ने, त्यहाँ रहेको लार्भा र अरिंगाललाई झिकेर ‘फ्राई’ गरेर खाने गरिन्छ । यसलाई पारखीले ‘चिज’ को रुपमा लिन्छन् । सहजै सिकार गर्न नसकने भएकाले यो सीमित होटलमा मात्रै पाइन्छ ।

प्रधानमन्त्रीको वक्तव्यपछि एकाएक चर्चा पाएको अरिंगालको गोरखा र आसपासमा भने साउन लाग्दादेखि नै व्यापार चुलिइसकेको थियो, चर्चा बढिसकेको थियो । हिजोआज त अभाव हुन थालेको छ ।

आबुखैरेनीको मनकामना रेस्टुुरेन्ट एन्ड खाजा घरका सञ्चालक राजकु्मार श्रेष्ठ भन्छन्, ‘दैनिक पाँचसात माना अरिंगाल बिक्री हुन्छ । यो वर्ष अरिंगाल पहिलेजस्तो आएन। जति राखे पनि दिनमै सकिन्छ ।’

अरिंगाल गत वर्षभन्दा प्लेटमा एक सय रुपैयाँ महँगो भएको छ । अभाव भएपछि अहिले श्रेष्ठले रेस्टुरेन्टमा बनिबनाउ परिकार खानमात्रै दिन्छन्, ठुलो परिमाणमा बिक्री गर्दैनन् ।

उनका अनुसार अरिंगाल सिजनमा मात्रै हुने भएकाले जति भए पनि बिक्री हुन्छ । उच्चपदस्थ कर्मचारीदेखि धनाढ्य यसका पारखी हुन् । अझै युवा पुस्तामा अरिंगालको ‘टेस्ट’ ले राम्रो चर्चा र बजार लिएको श्रेष्ठको अनुभव छ ।

साउनदेखि कात्तिक–मंसिरसम्म अरिंगालको सिजन मानिन्छ । जंगलमा, घरको गारोमा अरिंगालले गोलो बनाउँछ ।

सहिद लखन गाउँपालिका २ खाल्डेपानीका निलबहादुर थापाले अरिंगाल पालेर गुजारा चलाउँदै आएका छन् । आफूलाई निकै मिठो लाग्ने भएपछि उनी अरिंगालको गोलो खोज्दै जंगल चहार्थे ।

अरिंगालको गोलो सानो हुँदैमा उनले हाँगा काटेर घरनजिकैको अन्य रुखमा बाँधेर राख्न थाले । गोलो ठूलो हुँदै गएपछि उनले थप्दै गए । उनले अहिले पनि पाँचवटा गोला हुर्काएका छन् ।

एउटा गोलाबाट दुईदेखि तीन पाथी अरिंगाल जम्मा हुन्छ । उनले गत वर्ष एउटा गोलाबाट २९ माना अरिंगाल निकालेका थिए । उनी प्रतिमाना अरिंगाल आठ सय रुपैयाँमा बिक्री गर्छन् ।

‘खेती किसानी गर्ने हो, अरिंगाल जति भए पनि बेच्न गाह्रो छैन’, उनले भने ‘गोलभेडा बेच्न गाह्रो छ, अरिंगाल पु-याउन सकेको छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...