निर्माण व्यवसायी महासंघको अध्यक्षमा नेकपा निकट श्रेष्ठ निर्वाचित

Ravi shrestha

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रविसिंह श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको महासंघको अधिबेशनमा शनिबार निर्वाचन भएको थियो ।

शनिबार मध्यरातमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले ४६६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटत् प्रतिस्पर्धी यक्ष्यध्वज कार्कीले ३५७ मत प्राप्त गरेका थिए।

सत्तारुढ दल नेकपा निकट व्यवसायीका तर्फबाट कार्की र प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट श्रेष्ठ अध्यक्षको उम्मेदवार बनेका थिए ।

महासचिव लगायतका केही महत्वपूर्ण पदमा भने कार्की प्यानलका उम्मेदवार विजयी भएका छन्। कार्की प्यानलबाट रोशन दाहाल महासचिवमा निर्वाचित भएका हुन्। उनले ३४९ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी हुमनाथ कोइरालाले ३१६ मत पाए ।

यसैगरी उपमहासचिवमा टंक प्रसाद चौलागाईं, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्षमा भने श्रेष्ठ प्यानलका निकलोश पाण्डे विजयी भएका छन्। पूर्वमन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डेका छोरा उनले ४६५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी लक्ष्मण रानाले ४२५ मत प्राप्त गरेका थिए ।

त्यस्तै सात प्रदेशबाट सात उपाध्यक्षसहित विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने २२ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। निर्वाचमा नौ सय जनाले मतदान गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...