म्याग्दी खोलाको विजुली किन्न हाइड्रो भिलेजसँग प्राधिकरणको सम्झौता

Nepal e a jpg

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । ‘म्याग्दी खोला जलविद्युत् आयोजना’बाट ५७ दशमलब ३ मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको हो ।

पीपीएमा आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् । आयोजनाले ५ वर्षमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सम्झौता अनुसार आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्षातमा ४ रुपैयाँ ८० पैसाका दरले खरिद गर्नेछ । म्याग्दी जिल्ला अवस्थित नदी प्रवाही आयोजना निर्धारित समयमा नै सम्पन्न हुने मुलुकको विद्युत् प्रणालीमा थप सहयोगी बन्ने निर्देशक घिसिङले बताए ।

आयोजनाले उत्पादन गरेको बिजुली कालीगण्डकी करिडोरको डाँडाखेत सवस्टेसनस्थित १ सय ३२ केभी प्रसारण लाइनमा जोडिनेछ । प्रसारण लाइन प्राधिकरणले नै बनाउने प्रक्रिया अगाडि बढाएकाले आयोजना बनिसक्दा प्रसारण लाइन पनि बनिसक्ने सम्झौतामा उल्लेख छ ।

हाइड्रो भिलेजका अध्यक्ष थापाका अनुसार करिब १० अर्ब रुपैयाँ लागतमा बन्ने आयोजना तोकिएको समयमै पूरा हुनेछ । थापाका अनुसार प्राधिकरणले बनाउने प्रसारण लाइनमा आयोजनाबाट उत्पादित बिजुली जोडिने छ।

हाइड्रो भिलेजका प्रबन्ध निर्देशक सुशील पोखरलेलले आयोजनको पीपीए भइसकेकाले अब सबैभन्दा पहिले आयोजना स्थालसम्म पुग्ने करिब २४ किलोमिटरको पहुँचमार्ग विस्तारको काम सुरु गर्ने बताए । आयोजनाले पहुँचमार्ग विस्तारपछि साढे तीन वर्षमा आयोजना बनाउन सकिने बताएको छ ।

यसले ३३ करोड ५९ लाख युनिट बिजुली उत्पादन गर्ने पोखरेलले जानकारी दिए । ‘यसको प्रत्यक्ष सम्बन्ध उत्पादन हुने बिजुलीको क्षमतासँग जोडिन्छ’, पोखरेलले भने, ‘आयोजनाले हिउँदमा कुल ऊर्जाको ३१ दशमलब ५ प्रतिशत बिजुली उत्पादन गर्न सक्छ।’

धौलागिरी हिमालको आधारमा रहेको आयोजना प्राविधिक रूपमा समेत उपयुक्त भएको पोखरेलको भनाइ छ । आयोजनाको ३० प्रतिशत स्वपूँजी हुने छ भने बाँकी ७० प्रतिशत वैदेशिक तथा आन्तरिक ऋणबाट एक वर्षभित्र जुटाइने पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...