पश्चिम सेती सात वर्ष ‘होल्ड’ गरेर थ्री गर्जेज बिदा

बझांगको चैनपुर

काठमाडौ‌ । लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिटिजिआई) सँग भएको समझदारी औपचारिक रूपमै खारेज गरेको छ ।

मंगलबार बसेको बोर्डको ३२औँ बैठकले यस्तो निर्णय गरेको हो ।

०६८ मा भएको सम्झौताअनुसार सात वर्षभित्र अर्थात् आगामी चैतभित्र योजना सकिनुपर्ने थियो, तर साढे ६ वर्षसम्म काम नै सुरु नभई सम्झौता खारेज भएको छ ।

थ्री गर्जेजले पश्चिम सेती अघि बढाउन अनिच्छा देखाएकाले परियोजना विकासको उपयुक्त ढाँचा सिफारिस गर्न ऊर्जामन्त्री, अर्थमन्त्री र लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहने गरी ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको लगानी बोर्डले जनाएको छ ।

सो आयोजना निर्माणका लागि आयोजना विकास समझदारी भएको झण्डै साढे ६ वर्ष पछि सिटिजिआइले १३ भदौमा हात झिकेको हो । आयोजनाबाट प्राप्त हुने मुनाफाको दर (आइआरआर) लाभदायक नदेखिएको भन्दै उसले सो आयोजना बनाउन अस्वीकार गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...