भारतबाट भित्रिन्छन् वर्षमा ६ अर्बका खसीबोका

Khasi boka

काठमाडौं । नेपालमा वर्षमा करिब छ अर्व रुपैँयाको खसीबोकामा आयात हुने तथ्याङ्कले देखाएको छ । नेपालमा प्रर्याप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै गएको छ । नेपाली व्यवसायीहरुले भारतबाट हप्तामा मात्र साढे आठ करोड मुल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् ।

नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन केन्द्र नहुँदा वर्षेनी अरबौं रुपैया बाहीरी गरेको काठमाडौं चौपाय खरीद विक्री प्राली अध्यक्ष जनक कुमार खड्काले बताए । खड्काका अनुसार नेपाली व्यापारीहरुले भारतबाट आइतबार र विहीबार खसीबोका आयात गर्ने गरेको छन् । दसैं बाहेक हप्ताको दुई दिन मात्र २३ ट्रक आयात गर्ने गरेको उनले बताए ।

यस्तै एक ट्रकमा २ सय ५० खसीबोका हुने उनले बताए । भारतबाट नेपालमा २३ ट्रकका दरले नेपालमा वर्षमा २ लाख ९९ हजार खसीबोका आयात हुने गर्दछन् । भारतबाट नेपाली बजारमा आइपुग्दा एउटा खसीको ज्याला ३ सय रुपैँया पर्न जाने उनले बताए । उक्त खसीको हिसाब गर्दा वर्षमा ४ अर्व ९३ करोड ३५ लाख रुपैँयाको खसी बोका आयात हुने गरेको छ ।

उक्त खसी बोका आयात गर्नलाई नेपाल व्यापारीहरुले वर्षमा करिब ८ करोड ९७ लाख ज्याला तिर्नु पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...