सकियो राष्ट्रवादीको बैठक, सनातन हिन्दु राष्ट्रका लागि जनमत संग्रहको प्रस्ताव

Rpp rastrabadi baithak

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले अधिकारसम्पन्न आयोग बनाई सबै दलका नेता, भुपु प्रधानमन्त्री, मन्त्रीहरु समेतको सम्पत्ति जाँच गरी सार्वजनिक गर्न माग गरेको छ ।

दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रिय कार्य समितिको बैठकले उच्चस्तरीय आयोग बनाई सार्वजनिक पद धारण गरेका कर्मचारीसमेतको सम्पत्ति जाँच गरी त्यसको प्रतिवेदन जनतासामू ल्याउन माग गरेको हो ।

सो बैठकले स्थानीय तहले उठाउँदै आएको करलाई ‘कर आतंक’ को संज्ञा दिएको छ । उसले अहिलेको अराजकता र अनुशाषनहीनता तुरुन्त अन्त्य गर्न माग पनि गरेको छ ।

सो पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको सो बैठकले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न जनमत संग्रह गर्न माग गरेको छ । यसका लागि सो सो पार्टीले देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

एउटै विचार मिल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको हल्ला चलिरहेका बेला सो बैठकले औपचारिक रुपमै पार्टीको मुल्य मान्यता र सिद्दान्तलाई स्वीकार गर्ने राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुसँग कार्यगत एकतादेखि गठबनधन बनाउनेसम्मको निर्णय गरेको सो पार्टीका सहप्रवक्ता जनकराज पाठकले जानकारी दिए ।

निर्मला पन्त लगायतका घटनाहरुमा सरकारले जालसाझी गरेको राप्रपा राष्ट्रवादीको आरोप छ । विभिन्न घटनाका वास्तविक अपराधी नलुकाउन सरकारसँग माग गर्दै राप्रपा राष्ट्रवादीले युवा सन्त श्री निवासाचार्य माथिको गोली प्रहारको निष्पक्ष छानविनको माग गरेको छ ।

पार्टी अध्यक्ष डा. लोहनीको राजनीतिक प्रस्ताव पारित गरेको सो बैठकले चार महिने संगठन सम्बन्धि कार्यकालिकासमेत बनाएको छ ।

बन्यो कार्यदल
सो बैठकले मधेशका समस्या पहिचान गरेर २ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी ७ सदस्य कार्यदलसमेत बनाएको छ । सो कार्यदलमा सोनेलाल यादवलाई संयोजक तोकिएको छ ।

सो कार्यदलमा रामप्रताप साह (भोला), कृष्णबहादुर चौधरी, कइया चौधरी, श्रमणकुमार झा, लिला यादव र योगमाया तिम्सिना सदस्य रहेका छन् । यो समितिले पेश गरेको प्रतिवेदनको आधारमा पार्टीले मधेशसम्बन्नधी आफ्नो धारणा बनाउने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...