शेयर बजार सामान्य अङ्कले घट्यो

Nepse

काठमाडौं । आज शेयर बजार सामान्य अङ्कले घटेको छ ।

शेयर कारोवार मापक नेप्से परिसूचक ०।३१ अङ्कले घटेर १ हजार २५६।४० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४९ बिन्दुले घटेर २६६।४४ बिन्दुमा कायम भएको छ ।

कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

स्टकका अनुसार ६ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७।०२, होटल १८।८४, विकास बैंक ५।१५, जलविद्युत १०।२८, फाइनान्स २।४४ र अन्य समूह २।४८ बिन्दुले घटदा व्यापार ३।१७, निर्जीवन बीमा २०३।४६, उत्पादन २४।५१, माइक्रोफाइनान्स ५।६३ तथा जीवन बीमा ११९।७३ बिन्दुले बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...