भूकम्प पछिको पुनर्निर्माणका लागि ६ खर्ब लाग्ने, दातृ संस्थासँग माग

Punanirman

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पछिको पुनर्निर्माण तथा पुनः स्थापनाका लागि अझै ६ खर्ब रुपैयाँ लाग्ने जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँग प्राधिकरण कार्यालय सिंहदरबारमा आईतबार भएको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब खर्च रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको जानकारी दिए ।

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो। पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

२०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चातको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो ।

नेपालको पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । मिसनमा एसिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ लगायतको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...