डोकामा साग र निगुरो बेच्नेसँग कर लिएपछि स्थानीय आन्दोलित, कर सङ्कलन स्थगित

Doko ma saag

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने भएको हो ।

यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकामा ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासीले बिरोध गरेकाले कार्यपालिकाको बिहीबार बसेको २२औँ बैठकले उक्त कर हाल सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरवासीबाट प्राप्त सुझावका आधारमा कर सङ्कलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन अध्ययन थालिएको जानकारी उनले दिए । यसअघि नगरपालिकाले शुक्रबारे हटियामा डोकामा साग र निगुरो बेच्नेसँग समेत कर उठाएकामा आलोचना भएको थियो ।

प्रसूति हुनेहरूलाई एम्बुलेन्स खर्च

उक्त नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बताइन् ।

सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत रु दुई हजार उपलब्ध गराउँदै आएको छ । नगर क्षेत्रका महिलाको समस्यालाई मध्यनजर गर्दै सुरक्षित प्रसूति सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रमले सहयोग पु-याउने उपप्रमुख डाँगीले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...