नाडा अटो शोमा विद्युतीय गाडी भित्र्याइयो

Ato sho

काठमाडौं । नेपालको सबैभन्दा ठूलो कार प्रदर्शनी नाडा अटो शोमा नयाँ नयाँ गाडी भित्र्याउने होडबाजी नै चलेको छ ।

यो पटक हुण्डाई, टाटा, रेनोल्ट र महिन्द्राका विद्युतीय कार राखिएको छ । नेपाली उपभोक्ता पनि विद्युतीय गाडीप्रति आकर्षित हुन थालेपछि अन्तर्राष्ट्रिय कार ब्राण्डका नेपाली बिक्रेताहरूले धमाधम विद्युतीय गाडी भित्र्याउन थालेका छन् ।

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनले वातावरण प्रदुषण गरेको भन्दै पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गर्ने अवधारण विश्वव्यापी रुपमा आएको हो ।

मंगलबार सुरु भएको नाडा अटो शोमा विद्युतीय गाडीको प्रवेश अघिल्लो वर्ष नै भएको हो, जहाँ महिन्द्रले ‘इभिटारो सेडान’ प्रदर्शन गरेको थियो । यो पटक थप तीन वटा ब्राण्डले विद्युतीय कार भित्र्याएका हुन् ।

दीगो विकासको लक्ष्य अनुसार नेपालले पनि सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विस्थापित गर्ने प्रतिबद्धता जनाएको छ । सबैको रुचि विद्युतीय गाडीमा देखिएपछि गाडी निर्माता कम्पनीहरुले विद्युतीय गाडी उत्पादनलाई प्राथमिकता दिएका छन् । उत्पादित विद्युतीय गाडीहरुको नेपाल आगमनपनि सुरु भइसकेको छ ।

मंगलबार सुरु नेपालको अटो बजार मेला मध्ये सबैभन्दा ठूलो प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय गाडी प्रदर्शनीमा राखिएका स्टलहरुमा अन्यत्र भन्दा धेरै अवलोकनकर्ता देखिन्छन् ।

‘नाडा अटो शो ०१८’ मा महिन्द्रा, हुण्डाई, टाटा, रेनो लगायतका निर्माता कम्पनीले नयाँ विद्युतीय गाडीहरु प्रदशनीमा राखेका छन् । महिन्द्राले पहिले नै विद्युतीय कार नेपालमा बिक्री वितरण सुरु गरिसकेको छ । यस पटकको ‘शो’ मा पनि महिन्द्राले ‘इभिटारो सेडान’ नामक विद्युतीय गाडी सार्वजनिक गरेको छ ।

टाटा टिगोर इभी गाडी सिप्रदी ट्रेडिङले अटो शोमार्फत सार्वजनिक गरेको छ । यो कारमा ३० किलोवाटको इलेक्ट्रिक मोटर छ, जसलाई ‘सिंगल स्पीड अटोमेटिक ट्रान्समिसन’ दिइएको छ ।

टिगोरको रुफमा कालो कलर लगाइएको छ भने ब्लु कलरको हाइलाइट गरिएको छ । टिगोरको एक्स्टेरियर तथा इन्टेरियर अत्यन्त आकर्षक रहेको कम्पनीले जनाएको छ ।

हुण्डाई गाडीको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आयोनिक विद्युतीय कार सार्वजनिक गरेको छ । महिन्द्राले यो विद्युतीय कार अघिल्लो वर्षको अटो शोमा सार्वजनिक गरेको थियो ।
यो कारमा २८ किलोवाटको ब्याट्री भएको र फुल चार्जमा २ सय २० देखि २ सय ५० किलोमिटर चल्न सक्ने क्षमता रहेको छ । यसमा तीन प्रकारका चार्जर रहेका छन् ।
यो प्रदर्शनीमा महिन्द्रा गाडीको नेपालको आधिकारिक वितरक ‘अग्नि इन्कर्पोरेट’ ले इभिटारो सेडान नाडा अटो शोको छेकमा सार्वजनिक गरेको छ । त्यसैगरी रेनोल्ट कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता एड्भान्स अटोमोवाइलले ‘जोए’ कार सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस