वाइवाइ चाउचाउ अबको एक महिनामा बंगलादेशबाट पनि उत्पादन हुने

Waiwai noodles

काठमाडौं । नेपालको वाइवाइ चाउचाउ अबको एक महिनामा बंगलादेशबाट पनि उत्पादन हुने भएको छ ।

अर्को एक वर्ष भित्र काजकस्तानको स्यामेन्टबाटको प्लान्ट आउँदो डिसेम्बरसम्म सञ्चालनमा आइसक्ने र आउँदो जुनभित्र इजिप्टबाट पनि वाइवाइ उत्पादन शुरु गर्ने लक्ष्य रहेको चौधरीले बताएका छन् ।

नवलपरासीको दुम्कौली स्थित सिजी इन्डष्ट्रियल पार्कको प्लान्टपछि पश्चिम नेपालको बर्दियामा प्लान्ट खुलेपछि अहिले पुर्वी नेपालको दुहवीमा अर्को प्लान्ट सञ्चालनको तयारीमा रहेको छ । भारतका विभिन्न आधा दर्जन स्थानमा वाइवाइको प्लान्ट विस्तार गरिसकेको चौधरी ग्रुपले यसअघि युरोपको सर्वियाबाट समेत उत्पादन शुरु गरेको छ ।

हाल विश्वको चाउचाउ बजारमा वाइवाइको हिस्सा तीन प्रतिशत पुगिसकेको छ भने सन् २०२० सम्ममा पाँच प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । वाइवाइको विस्तार मध्यपूर्व युरोप, ल्याटिन अमेरिकामा प्लान्ट जडान गरेरै फैलाउने योजना रहेकोमा धेरै काम सम्पन्न भैसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...