काम नगर्ने ३६ आयोजनालाई विद्युत् विकास विभागको चेतावनी पत्र

विद्युत् विकास विभाग

काठमाडौं । उत्पादन अनुमति पत्र लिएर जलविद्युत् उत्पादन नगर्ने आयोजनाहरुलाई विद्युत् विकास विभागले पत्र काटेको छ । त्यस्ता ३६ वटा जलविद्युत् आयोजनालाई आफ्नो प्रगति विवरण पेश गर्न भन्दै विभागले पत्र काटेको हो ।

२०७३ साउन ३० भन्दा अघि उत्पादन अनुमतिपत्र पाएका तर भौतिक प्रगति प्रगति २० प्रतिशतभन्दा कम भएका ३६ वटा जलविद्युत आयोजनासँग प्रगति विवरण मागेको विभागले जनाएको छ ।

अनुमतिपत्र जारी भएको एक वर्षभित्र विद्युत नियमावली २०५० को नियम २१ मा तोकिएको सयमभित्र निर्माण सुरु गर्नु पर्नेछ र निर्माण सम्पन्न नभएसम्म प्रत्येक ६ महिनामा कार्य प्रगति विवरण विद्युत विकास विभागलाई दिनु पर्नेछ।

दुई वर्षभित्र वित्तिय व्यवस्था नभएमा अनुमतिपत्र रद्द गर्न सकिने कानुनी व्यवस्था छ ।

उक्त अवधिभित्र वित्तिय व्यवस्था सम्पन्न हुन नसकेमा आवश्यकता एवं औचित्यका आधारमा बढीमा एक वर्ष म्याद थप गर्न सकिने छ । उक्त अवधिमा वित्तिय व्यवस्था सम्पन्न हुन नसकेमा अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...