नेप्से दोहोरो अंकले बढ्यो, ५४ करोड बढीको कारोबार

Plus

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि भएको हो । १ हजार १ सय ९०.५५ अंकबाट शुरु भएको कारोबार दिउँसो २४ अंकले बढेर १ हजार २ सय १३ अंक भन्दा माथि पुगेको थियो ।

त्यसपछि केहीबेर ओरालो लागेको सेयर बजार कारोबार सकिने बेलामा १ हजार २ सय ६.२६ अंकमा पुगेको छ । यस अघि आइतबार नेप्से परिसूचक ८.८९ अंकले बढेको थियो । नेप्से परिसूचकसँगै सोमबार कारोबारमासमेत उल्लेख्य सुधार आएको छ । दिनभरमा भएका ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएको थियो ।

जसअनुसार ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार २४ करोड रुपैयाँभन्दा बढी रकमको सेयर कारोबार भएको हो । आइतबार ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...