डलरको मुल्य नेपालमा अहिलेसम्मकै महंगो !

Dolar 1

काठमाडौं । नेपालमा आर्थिक संकट पर्दै गर्दा नेपाली बजारमा बिहीबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो ।

बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ । यसअघि गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो ।

डलरको भाउ बढ्दा नेपाललाई केही फाइदा हुनेछ भने धेरै घाटा हुनेछ । डलरको भाउ बढ्दा सबैभन्दा धेरै फाइदा रेमिट्यान्स भित्राउनेलाई हुनेछ । डलरको भाउ १ सय १० रुपैयाँ हुँदा विदेशबाट १ डलर रेमिट्यान्स पठाउँदा नेपालीले १ सय १० रुपैयाँ पाउँथे भने अहिले विदेशबाट १ डलर पठाउँदा १ सय १३ रुपैयाँको हाराहारीमा पैसा पाउनेछन् ।

नेपाल घुम्न आउने पर्यटकलाई पनि फाइदा हुने देखिन्छ । पहिले उनीहरुले १ डलर साट्दा १ सय १०(१२ पाउँथे भने अहिले भने अहिले उनीहरुले १ डलर साट्दा १ सय १३ रुपैयाँ पाउँछन् ।

डलरको भाउ बढ्दा केही क्षेत्रमा नेपाललाई फाइदा भए पनि धेरै क्षेत्रमा भने घाटा नै छ । नेपालले वार्षिक १३ खर्बको बस्तु आयात गर्छ । आयातको आधा भन्दा धेरै सामान डलरमा नै किनेर ल्याउने गरिएको छ । डलरको भाउ बढ्दा आयात हुने सामानको भाउ बढ्न सक्छ ।

भारतीय मुद्रा नेपालमा स्थीर हुने भएकाले भारतीय मुद्रामा खरिद हुने सामानमा डलरको भाउ तलमाथि हुँदा खास फरक पर्दैन तर डलर र अन्य मुद्रामा खरिद हुने सामानमा भने डलरको भाउले फरक पार्छ ।

नेपालमा डलरको भाउ बढ्दा ठूलो घाटा विदेशमा छोराछोरी पढाएका परिवारलाई पनि हुने गरेको छ । डलर महँगिएको बेलामा पैसा पठाउँदा उनीहरुले महँगो दरमा सटही गर्नुपर्ने हुन्छ । पहिले १ सय १० रुपैयाँ १२ पैसामा डलर किनेर पठाउने परिवारले अब १ सय १३ रुपैयाँ २५ पैसा तिरेर डलर किन्नुपर्नेछ । त्यसैले विदेशमा खर्च पठाउनेहरुलाई अहिले समस्या पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...