किन एकाएक फर्कियो पश्चिम सेतीबाट थ्री गर्जेज

West seti

काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेज फर्किएको छ । आयोजना निर्माण गर्ने लाइसेन्स होल्ड गरेको ६ वर्षपछि आफूले खर्च गरेको ८५ करोड रुपैयाँ मायाँ मारेर थ्री गर्जेज आयोजना नै नबनाई फर्केको हो ।

थ्री गर्जेजकै आग्रहमा ७५० मेगावाट विद्युत उत्पादनको क्षमतालाई ५५० देखि ६२० मेगावाटसम्म झार्न र अमेरिकी डलरमा विद्युत खरिद बिक्री (पीपीए) गर्न नेपाल सरकार तयार भएपनि अन्तिममा आएर पुनर्वास र पुनस्र्थापनाको विषयमा किचलो झिकेर कम्पनी फिर्ता भएको उर्जा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

दुई दिनदेखि लगानी बोर्ड र थ्री गर्जेजका प्रतिनिधिबीच काठमाडौंमा छलफल भएको थियो । छलफल पछि पत्रकार सम्मेलन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले थ्री गर्जेज पश्चिम सेतीबाट बाहिरिन खोजेको बताए ।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सरकारले पश्चिम सेती निर्माण गर्नका लागि थ्री गर्जेजसँग सम्झौता गरेको थियो । आयोजना निर्माण गर्न कूल १ खर्ब ५० अर्ब लाग्ने अनुमान थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...