करेण्ट लागेर एक जनाको मृत्यु

Saptari death body

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

कमलविनायकको पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता राख्न फलामको पाइप उठाउनेक्रममा पाइपले बिजुलीको तारमा छुन गई करेन्ट लागेर आइतबार साँझ सोही स्थान बस्ने ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको प्रनाउ पोखरेलले बताए ।

महानगरीय प्रहरी वृत्त जगातीबाट घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस