बाबुराम भट्टराई भन्छन्, प्रकाण्डलाई समात्दै छाड्दै गर्दा पञ्चायतकालको हस्को आयो

Dr baburam bhattarai

काठमाडौं । सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति निक्कै गरम बनिरहेका बेला नयाँ शक्ति पार्टी भने निक्कै नरम देखिएको छ । उसले नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेको छ ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न सरकासँग माग गरेका छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि जनाए ।

‘विप्लवले अहिले लिएको बाटोमा म सहमत छैन र हुन पनि सक्दिन’, डा. भट्टराईले भने, ‘तर उनीहरुले उठाएको मुद्दालाई हामीले र राज्यले पनि बुझ्नुपर्छ ।’

नेता भट्टराईले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सरकारले पटक पटक पक्राउ गरेको घटनाले पञ्चायतकालको झल्को दिएको पनि बताए । ‘उनीहरुले लिएको बोटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ उनले भट्टराईले भने, ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’

अदालतले छाड्न आदेश दिएपछि पनि पक्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको उनले बताए । ‘प्रकाण्डलाई पटक पटक समात्दै छाड्दै गर्दा पञ्चायतकालको हस्को आयो’, उनले भने, ‘यसरी समाधान निस्किँदैन, उनीहरुसँग राजनीतिक तहमा वार्ता गरेर निकास निकाल्न ढिला गर्नुहुँदैन ।’

प्रतिकृया दिनुहोस