सुटुक्क गरियो सन्नी संस्कार : जसको गोलीले मारिए, उसैबाट ५ तोपको सलामी

Khunna dahasaskar

कञ्चनपुर । शुक्रबार प्रहरीको गोली लागेर १४ वर्षीय सन्नी खुनाको मृत्यु भयो । शनिबार संघीय सरकारले खुनालाई शहीद घोषणा गर्याे ।

१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा भएको प्रदर्शनका क्रममा खुनाको शुक्रबार प्रहरीको गोली लागेर मारिएका थिए । उनलाई सहीद घोषणा गर्न स्थानीयले माग गरे । तर, दुर्भाग्य तिनै स्थानीयले खुनाको दाह संस्कार गरेको थाहा पाएनन् ।

खुनाका आफन्तले आइतबार बिहान ब्रह्वदेवस्थित महाकाली नदीमा लगेर दाह संस्कार गरे । शहीद घोषणा गरिएका खुनाका पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान दिइयो ।

बलात्कारपछि हत्या गरिएका पन्तको न्यायको खोजीमा भएको आन्दोलनमा उनी पनि सहभागी भएका थिए । तर, उनी प्रहरीको गाली लागेर मारिए । उनी मरेको ३ दिनपछि खुनाको पार्थिव शरीरले प्रहरीकै ५ तोपको सलामी पायो ।

उनको पार्थिव शरीरमा प्रदेश सांसद तारा लामा तामाङ, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बेदकोट नगरपालिकाका मेयर अशोक चन्द र विभिन्न संघ संस्थामा प्रतिनिधि खुनाको दाह संस्कारमा सहभागी भए । 

महेन्द्रनगरमा कर्फ्यू कायमै छ । कर्फ्यूका कारण स्थानीयबासी शवयात्रामा उपस्थित हुन सकेनन् । स्थानीय प्रशासनले बिहान पाँच बजेदेखि हटाएको कर्फ्यू १० बजेदेखि पुनः कायम गरिएको छ । कर्फ्यू हटाइएकै बेला आफन्तले खुनाको दाहसंस्कार गरे ।

प्रतिकृया दिनुहोस